Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २४ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर २४ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, आषाढ २०७८
आज देशभर २४ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २४ सय २१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सो जानकारी दिएका हुन् । सोही अवधिमा ३५ सय ५८ निको भएका छन् भने ५२ जनाको मृत्यु भएको छ । उनका अनुसार यसअभि विभिन्न समयमा कोरोनाका कारण मृत्यु भएके तर तथ्यांकमा नदेखिएको थप २९ जना रहेको पनि बताए ।

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७४ सय ६१ पीसीआर र ४९ सय ५३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४१४ परीक्षण भएको छ । जसमा पीसीआरमा १५ सय ११ र एन्टीजेनमा ९१० जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ५६ हजार ८९१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् भने ८८ सय ९४ जनाको मृत्यु भएको छ । अहिले देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन् ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - २२:२९:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology