Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, आषाढ २०७८
आज देशभर २४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २४ सय ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २५ सय १८ निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २३५ पीसीआर र ४९९७ जनाको एन्टीजेन गरि जम्मा १२ हजार २३२ परीक्षण भएको छ । जसमा पीसीआरमा १५७७ र एन्टीजेनमा ८९७ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ५९ हजार ३६५ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् भने ८ हजार ९१८ जनाको मृत्यु भएको छ । अहिले देशभर ४९ हजार ५५५ जना सक्रिय संक्रमित छन् ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - २०:०७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology