Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, आषाढ २०७८
आज देशभर २४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २४ सय ७६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५४ सय ५५ निको भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९५ सय ८६ पीसीआर र ४७ सय ६५ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ३५१ परीक्षण भएको छ । जसमा पीसीआरमा १७ सय २१ र एन्टीजेनमा ७५५ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६१ हजार ८४१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७६ हजार ४१३ जना निको भएका छन् भने ८ हजार ९४५ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - २०:५१:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology