Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २ हजार १६ जनालाई कोरोना संक्रमण पुष्टि, ९८ सय १० परीक्षण

आज देशभर २ हजार १६ जनालाई कोरोना संक्रमण पुष्टि, ९८ सय १० परीक्षण

दैनिकी न्यूज

१२, आषाढ २०७८
आज देशभर २ हजार १६ जनालाई कोरोना संक्रमण पुष्टि, ९८ सय १० परीक्षण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार १६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४९ सय १४ निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४७ सय ४ पीसीआर र ४८ सय ६ जनाको एन्टीजेन गरि जम्मा ९८ सय १० परीक्षण भएको छ । जसमा पीसीआरमा ११ सय ७४ र एन्टीजेनमा ८ सय ४२ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ८१ हजार ३२७ जना निको भएका छन् भने ८९ सय ७५ जनाको मृत्यु भएको छ । अहिले देशभर ४२ हजार २४ जना सक्रिय संक्रमित छन् ।

images
प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - १९:५९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology