Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३७ जना संक्रमणमुक्त, थप १३ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३७ जना संक्रमणमुक्त, थप १३ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१३, आषाढ २०७८
आज देशभर ३७ जना संक्रमणमुक्त, थप १३ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । २४ घण्टामा देशभर १३ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १३ सय ५३ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ३८ सय ३६ एन्टिजेन परीक्षणमा ५ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १९ सय २० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ ।

यस्तै, २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७८ आइतवार - २१:३६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology