काठमाडौं । पछिल्लो २४ घण्टामा २३ सय ३६ जनालाई कोरोना भाइरस (कोभिभ–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४३ सय ४८जना निको भएका छन् भने २० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७२ सय ५९ पीसीआर र ४४ सय ८९ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ७४८ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआरमा १७२८ र एन्टीजेनमा ९०८ जनालाई पोजेटिभ देखिएको छ ।
नेपालमा अहिलेसम्म ६ लाख ७० हजार ८५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ९२ हजार ५३५ जनाले कोरोना जितेका छन् भने ९ हजार ७१ जनाको मृत्यु भएको छ । अहिले ३५ हजार ३१० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।