काठमाडौं । पछिल्लो २४ घण्टामा २८ सय ९२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संख्या भनेको परीक्षण गरिएकोमध्ये पोजेटिभ देखिएको दर २६.३ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३५ सय ९७ जना निको भएका छन् । प्रवक्ता पौडेलले फेरि संक्रमण बढ्न थालेको भन्दै सावधानी अपनाउन सबैलाई अपील गरे ।
उनले बैशाख र जेठ महिनामा छुटेका गरि आज मन्त्रालयले ४१ जना मृतकको तथ्यांक सार्वजनिक गरे ।
अहिले देशभर ३३ हजार ५६१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७१ सय ८७ पीसीआर र ४३ सय ८१ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ५६८ जनाको कोरोना परीक्षण भएको छ । जसमा १८ सय ८९ पीसीआर र १००३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।