Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, आषाढ २०७८
आज देशभर २७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २७ सय ६० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

अहिले देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ७१ सय ३० पीसीआर र ३८ सय ५५ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९८५ जनाको कोरोना परीक्षण भएको छ । जसमा १८ सय ५७ पीसीआर र ९०३ जनाको एन्टीजेनमा पोजेटिभ देखिएको छ ।

images
प्रकाशित मिति :आषाढ १७, २०७८ बिहिवार - १६:५९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology