Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २२ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, आषाढ २०७८
आज देशभर २२ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर २२ सय ९९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६५ सय ६६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी जम्मा १० हजार ५९६ को कोरोना परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये पीसीआर विधबाट १३ सय ९१ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी गत २४ घण्टामा ३४ जना संक्रमितको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ३४ सय ५१ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ३ हजार ६ सय जना संक्रमित निको भइसकेका छन् ।

अहिले देशभर २९ हजार २७४ जना सक्रिय संक्रमित रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - २१:०६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology