काठमाडौं । आज देशभर थप २३ सय २८ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८ सय ३७ पीसीआर र ४२ सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा १० हजार १३३ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ६६ हजार जना संक्रमणमुक्त भएका छन् भने १९ संक्रमितको मृत्यु भएको छ । अहिले २७ हजार ७१६ जना संक्रमित आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७६ जनालाई कोरोना पोजेटिभ देखियो । काठमाडौंमा २४६, भक्तपुरमा ४९ र ललितपुरमा ८१ जनालाई संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १३६ पुगेको छ । जसमध्ये ६ लाख ६ हजार ६६६ हजार जना निको भएका छन् भने ९ हजार १९८ जनाको मृत्यु भएको छ ।