Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १६०५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १६०५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२०, आषाढ २०७८
आज देशभर १६०५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप १ हजार ६०५ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार ४ हजार ८७६ पीसीआर र ३२५६ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार १३२ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ५५२ हजार जना संक्रमणमुक्त भएका छन् भने २७ संक्रमितको मृत्यु भएको छ । अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यका, चितवन, रसुवा, म्याग्दी, कास्की, जुम्ला, सुर्खेत, मकवानपुर जिल्ला संक्रमणको उच्च जोखिममा रहेको प्रवक्ता पौडेलले बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । जसमध्ये ६ लाख ९ हजार २१८ हजार जना निको भएका छन् भने ९ हजार २२५ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :आषाढ २०, २०७८ आइतवार - १९:३६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology