Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

आज देशभर २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

दैनिकी न्यूज

२१, आषाढ २०७८
आज देशभर २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६ सय २२ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ को कोरोना परीक्षण गर्दा २ हजार ६२२ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७४ सय ९९ को पीसीआर विधिबाट परीक्षण गर्दा १७ सय ४५ र ४ हजार २८ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ८७७ मा कोरोना देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ।

यस्तै गत २४ घण्टामा २ हजार २११ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।

पछिल्लो समय मुलुकभर २५ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् भने ३१७ जना क्वारेन्टिनमा रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - १७:१९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology