Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२२, आषाढ २०७८
आज देशभर २६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप २६ सय ३४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ सय ३ पीसीआर र ५०८२ जनाको एन्टीजेन गरी १२ हजार ५८५ जनाको परीक्षण गर्दा २६ सय ३४ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १५ सय ६५ हजार जना संक्रमणमुक्त भएका छन् भने १५ संक्रमितको मृत्यु भएको छ । आज थपिएको तथ्याँकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार १९५ पुगेको छ । जसमध्ये ६ लाख १२ हजार ९९४ हजार जना निको भएका छन् भने ९ हजार २६३ जनाको मृत्यु भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १८:४८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology