काठमाडौं । आज देशभर थप १८ सय ७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३ सय ७४ पीसीआर र ५१ सय ३० जनाको एन्टीजेन गरी १० हजार ५०४ जनाको परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १२ सय ८६ हजार जना संक्रमणमुक्त भएका छन् भने २९ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । जसमध्ये ६ लाख १५ हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ४७७ जना रहेका छन् ।