Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २१ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २१ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, आषाढ २०७८
आज देशभर २१ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप २१ सय ६९ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ६५ सय ३० पीसीआर र ३८ सय ८७ जनाको एन्टीजेन गरी १० हजार ४१७ जनाको परीक्षण भएको छ  । 

यसैगरी पछिल्लो २४ घण्टामा १४ सय ३२ हजार जना संक्रमणमुक्त भएका छन् भने २२ संक्रमितको मृत्यु भएको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार २५७ पुगेको छ । जसमध्ये ६ लाख १८ हजार ३६१ हजार जना निको भएका छन् भने ९ हजार ३६२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ रहेको छ । 

काठमाडौंसहित मुलुकभर ५४३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंमा १ सय ५७ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले शनिबार नियमित मिडिया ब्रिफिङ मार्फत जनाएको छ ।

यस्तै,काठमाडौंमा ५७ सहित मुलुकभर १ सय ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौंमा एचडीयूरजेनेरलमा ५ सय ५२ जना संक्रमितले उपचार गराइरहेका छन् ।

संस्थागत आइसोलेसनमा २ हजार ९ सय ५० र होम आइसोलेसनमा २३ हजार ५ सय ३९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ३,ललितपुरमा ६० र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् ।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - १९:४८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology