काठमाडौं । आज देशभर थप २३ सय ७० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा ५३९ जना बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ सय ८९ पीसीआर र ३८ सय ९५जनाको एन्टीजेन गरी ११ हजार ५८४ जनाको परीक्षण भएको थियो जसमा २३ सय ७० जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ११ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४६८ पुगेको छ । जसमध्ये ६ लाख २१ हजार २७ हजार जना निको भएका छन् भने ९ हजार ४ सय जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ७१२ जना रहेका छन् ।