काठमाडौं । मंगलबार देशभर २३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
जसमध्ये ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १६ सय ३९ जनामा पोजेटिभ देखिएको हो भने ३९ सय ५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजेटिभ देखिएको हो।
संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। यीसहित मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ। २ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन्।