काठमाडौं । आज देशभर थप २६ सय ७६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आज पीसीआर र एन्टीजेन गरि १२ हजार ७६८ जनाको कोरोना परीक्षण भएको छ । जसमा पीसीआर ८२ सय ५६ र ४५ सय १२ जनाको एन्टीजेन परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १७५७ जना निको भएका छन् भने ३३ जना संक्रमितको मृत्यु भएको छ।
अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । पिसिआर र एन्जीजेन परीक्षण गर्दा हालसम्म ७ लाख १२ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख २६ हजार ४६८ जना संक्रमित निको र ९ हजार ४६३ जना संक्रमितको मृत्यु भइसकेको छ।