Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२, श्रावण २०७८
आज देशभर १८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ सय ७५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ६६ जनाको परीक्षण भएकोमा १८ सय ७५ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा २१ सय ६४ जना निको भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

६८ सय ५८ जनाको पीसीआर र ३२ सय ८ को एन्टीजेन परीक्षण भएको छ । जसमा १३१० जनालाई पीसीआर र ५६५ जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ । अहिले सक्रिय संक्रमित २५ हजार ९५२ जना छन् । अहिलेसम्म नेपालमा ७ लाख १४ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६३ हजार ४०७ जना संक्रमणमुक्त हुनुका साथै ९५ सय २७ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - १६:४८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology