Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, श्रावण २०७८
आज देशभर १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ सय १ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९६ सय २८ जनाको परीक्षण भएकोमा १८ सय १ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा १६ सय ६७ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

६६ सय २८ को पीसीआर र ३ हजार जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा १२ सय २३ जनालाई पीसीआर र ५७८ जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ । अहिले सक्रिय संक्रमित २५ हजार ४८५ जना छन् । अहिलेसम्म नेपालमा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त हुनुका साथै ९५ सय ५० जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - २०:४५:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology