Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि 

आज देशभर २४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि 

दैनिकी न्यूज

४, श्रावण २०७८
आज देशभर २४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि 
images

काठमाडौं । आज देशभर २४ सय ४५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ हजार ६६४ जनाको परीक्षण भएको जनाएको छ । जसमा २४ सय ४५ जनालाई पोजेटिभ देखिएको हो। यस्तै सोही अवधिमा १२  सय ५८ जना निको भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३३०,भक्तपुरमा ८८ र ललितपुरमा ५६ जनालाई पोजेटिभ देखिएको छ । 

७८ सय ३३ को पीसीआर र ३८ सय ३१ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा १६ सय ४२  जनालाई पीसीआर र ८०३  जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ ।

अहिले सक्रिय संक्रमित २५ हजार ८३७ जना छन् । अहिलेसम्म नेपालमा ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त हुनुका साथै ९५ सय ८२ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - २०:१७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology