Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ३१ सय ८

मंगलबार ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ३१ सय ८

दैनिकी न्यूज

५, श्रावण २०७८
मंगलबार ह्वात्तै बढ्यो  कोरोना संक्रमण, एकैदिन थपिए ३१ सय ८
images

काठमाडौं । आज देशभर ३१ सय ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षण भएको जनाएको छ । जसमा ३१ सय ८ जनालाई पोजेटिभ देखिएको हो । यस्तै सोही अवधिमा १५ सय ९५ जना निको भएका छन् भने २५ जनाको मृत्यु भएको छ । एकमहिना पछि एकैदिन देखिएको यो संक्रमण बढी हो ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ७ लाख २१ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुनुका साथै ९६ सय ८ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - १७:४३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology