काठमाडौं । आज देशभर थप २७ सय १४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १२२ पीसीआर र ३७ सय ७ जनाको एन्टीजेन गरि १२ हजार ८२९ जनामा परिक्षण भएकोमा २७१४ जनालाई संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १२ सय ८८ जना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २७ हजार १६९ पुगेको छ । जसमध्ये ६ लाख ३७ हजार ६९० जना निको भएका छन् भने ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।