Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार ह्वात्तै बढ्यो कोरोना संक्रमण

सोमबार ह्वात्तै बढ्यो कोरोना संक्रमण

दैनिकी न्यूज

११, श्रावण २०७८
सोमबार ह्वात्तै बढ्यो कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४ सय २१ जनालाई कोरोना भाइरुस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने १६ सय ८६  जना निको भएका छन् । सोही अवधिमा २५ जनाको मृत्यु भएको छ । 

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९९३ जना छन् । काठमाडौंमा ६७१, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनालाई पोजेटिभ देखियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण भएको छ । 

अहिले सक्रिय संक्रमित २७ हजार ९०७ जना छन् जसमध्ये अहिले ६६९ जना आइसियु र १६६ जना भेन्टिलेटरमा रहेका छन् । 

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १९:२७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology