Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

आज देशभर ३८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

दैनिकी न्यूज

१३, श्रावण २०७८
आज देशभर ३८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८ सय ४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ३८ सय ४० संक्रमित थपिएको जानकारी दिएका हुन् ।

पीसीआर परीक्षणमा २६ सय ३४ जना र एन्टिजेन १२ सय ६ परीक्षणमा जनामा संक्रमण देखिएको पौडेलले बताए ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ८८हजार ३०७ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट गरिएको परीक्षणमा ५८ हजार ३५० कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा १० हजार ८८६ पीसीआर परीक्षण गरिएको छ भने एन्टिजेन परीक्षणको संख्या ४ हजार ९२२रहेको छ ।

प्रवक्ता पौडेलका अनुसार २४ घण्टामा १९ सय ९३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७४ छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ छ ।

२४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या ९ हजार ७७१ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - १७:१९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology