Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, श्रावण २०७८
आज देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४६७ जना र एन्टिजेन परीक्षणबाट ११४४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १४ हजार ६६१ जनाको परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ७८३ र एन्टिजेन परीक्षण ४ हजार ८७८ जनाको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १८१६ जना कोरोना मुक्त भएका छन् भने कोरोनाबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख ५३ हजार ६६३ जनामा संक्रमण पुष्टि भएको छ भने ६ लाख ५२ हजार २६१ जना निको भएका छन् । ९ हजार ८३४ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - १५:४०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology