Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३१ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३१ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, श्रावण २०७८
आज देशभर ३१ सय ६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ३१ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ जनाको पीसीआर परीक्षण भयो । ९ हजार २६३ जनाको पीसीआर र ४२ सय ५६ जनाको एन्टीजेन परीक्षण भएकोमा पीसीआरमा २ हजार २८० र एन्टीजेनमा ८२६ जनालाई पोजेटिभ देखिएको छ ।

यस्तै २४ घण्टामा १९ सय १६ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमण पुष्टि भएकामध्ये ६ लाख ९५ हजार ३८९ निको भएका छन् भने ९ हजार ८५७ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख ५६ हजार ७३९ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं उपत्यकामा ७७५ जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जनालाई पोजेटिभ देखिएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार ३५५ रहेको छ । अहिले ७०६ जना आइसियु र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण १६, २०७८ शनिवार - १९:३८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology