Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३७ सय २९ जनामा कारोना संक्रमण पुष्टि

आज देशभर ३७ सय २९ जनामा कारोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२२, श्रावण २०७८
आज देशभर ३७ सय २९ जनामा कारोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७ सय २९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४सय ३० जना र एन्टिजेन परीक्षणबाट १२ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १५ हजार ६७५ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ हजार ४९३ र एन्टिजेन परीक्षण ६ हजार १८२ भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय ८५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २५ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ७ लाख १० हजार ५०९ जना र एन्टिजेन ६७ हजार ८० विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७८ शुक्रवार - १७:४३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology