Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा कति ?

आज देशभर ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा कति ?

दैनिकी न्यूज

२३, श्रावण २०७८
आज देशभर ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा कति ?
images

काठमाडौं । शनिबार देशभर थप ३२ सय १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकामा थप ९ सय १० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८ सय ६६ नमूना पिसिआर परीक्षण गर्दा २२ सय ३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४७ सय ७ मा परीक्षण गर्दा ९ सय ८७ मा संक्रमण देखिएको छ।

कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १७ सय २२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ।

images
प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १८:१७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology