Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३६ सय ५१ जनामा संक्रमण पुष्टि, २२ को मृत्यु

आज देशभर ३६ सय ५१ जनामा संक्रमण पुष्टि, २२ को मृत्यु

दैनिकी न्यूज

२५, श्रावण २०७८
आज देशभर ३६ सय ५१ जनामा संक्रमण पुष्टि, २२ को मृत्यु
images

काठमाडौं । सोमबार थप ३६ सय ५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४४५ नमूना पिसिआर परीक्षण गर्दा २६ सय ९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६१ सय ४९ मा परीक्षण गर्दा १ हजार ४२ लाई संक्रमण देखिएको छ।

कुल १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १७ सय ८४ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ रहेको छ।

images
प्रकाशित मिति :श्रावण २५, २०७८ सोमवार - १८:३६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology