Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

संक्रमित संख्या ह्वात्तै बढ्यो, आज एकैदिन ४९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमित संख्या ह्वात्तै बढ्यो, आज एकैदिन ४९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, श्रावण २०७८
संक्रमित संख्या ह्वात्तै बढ्यो, आज एकैदिन ४९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौंं । नेपालमा दैनिक कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ४९ सय ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ती मध्ये काठमाडौं उपत्यकामा ११ सय ८६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जनालाई पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१ सय १५ जना संक्रमणमुक्त हुनुका साथै ३५ जनाको मृत्यु भएको छ । योसहित मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।

१३ हजार २१७ पीसीआर र ५९०६ एन्टीजेन गरि १९ हजार १२३ जनाको कोरोना परीक्षण भएको छ ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०७८ मंगलवार - १८:५४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology