काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३४ सय ८१ जनालाई संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा कम रहेपनि संक्रमणदर उच्च नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । परीक्षण गरिएकामध्ये २४ प्रतिशत अर्थात् प्रत्येक ४ मध्ये १ जनालाई संक्रमण पुष्टि भइरहेको छ ।
हिजो ४९ सय ४ जनालाई संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १८ सय ८५ जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ । १० हजार ९०७ को पीसीआर र ५ हजार ७४९ जनाको एन्टीजेन गरि १६ हजार ६५६ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना नगर्दा संक्रमण बढिरहेको भन्दै उनले सचेत रहन आग्रह गरे ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९ सय ६४ पोजेटिभ देखिएको छ । काठमाडौंमा ६ सय ६३, भक्तपुरमा १ सय ९ र ललितपुरमा १ सय ९२ जनालाई संक्रमण पुष्टि भएकोे छ ।
हालसम्म ४० लाख ९३ हजार ७०२ जनाको कोरोना परीक्षण भएकोमा ७ लाख ९५ हजार ३९१ जनालाई संक्रमण पुष्टि भइसकेको छ जसमध्ये ६ लाख ७५ हजार ८३ जना निको भएका छन् भने १० हजार १८० जना संक्रमितको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३८ हजार ४४ जना रहेका छन् ।