Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३२ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ११ सय ३३ जना

आज देशभर ३२ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ११ सय ३३ जना

दैनिकी न्यूज

२८, श्रावण २०७८
आज देशभर ३२ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ११ सय ३३ जना
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ सय ६० जनालाई कोरोना भाइरस (कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार ८०६ पीसीआर र ४६ सय ५६ जनाको एन्टीजेन गरि १५ हजार ४६२ जनाको कोरोना परीक्षण भएकोमा २१ प्रतिशतलाई पोजेटिभ देखिएको छ ।

यस्तै सोही अवधिमा २२ सय ९४ जना संक्रमणमुक्त हुनुका साथै ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार २१२ पुगेको छ ।

अहिले सक्रिय संक्रमित ३८ हजार १८० रहेका छन् । जसमध्ये ७३७ जना आइसियु र १८३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ११ सय ३३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ८११, भक्तपुरमा १३० र ललितपुरमा १९२ जनालाई संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा पीसीआरबाट ७ लाख २५ हजार ७६९ र एन्टीजेनबाट ७२ हजार ८८२ गरि ७ लाख ९८ हजार ६५१ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २१२ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १७:३३:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology