Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

आज देशभर २६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

दैनिकी न्यूज

३०, श्रावण २०७८
आज देशभर २६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६ सय २४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८६ सय ६७ जनाको पीसीआर र ४९ सय ६ जनाको एन्टीजेन गरि १३ हजार ५७३ जनाको कोरोना परीक्षण भएको छ । 

यस्तै सोही अवधिमा १३ सय २० जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३९ हजार ४०५ रहेका छन् जसमध्ये होम आइसोलेसनमा ३६ हजार २ र संस्थागत तर्फ ३४ सय ३ जना संक्रमित छन् । ७६० जना आइसियु र १८६ जना संक्रमित भेन्टिरलेटरमा उपचाररत छन् । 

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७ सय ९५ जना छन् । काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनालाई संक्रमण पुष्टि भएको छ ।  

पछिल्लो २४ घण्टामा ९४ हजार ७८९ जनाले कोरोना विरुद्धको खोप पाएका छन् । अहिलेसम्म नेपालमा पीसीआरबाट ७ लाख ३० हजार ४७९ र एन्टीजेनबाट ७४ हजार ७११ गरि ८ लाख ५ हजार १९० जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ६८ हजार ८१६ जना कोरोनामुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :श्रावण ३०, २०७८ शनिवार - १७:०६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology