Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २२ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

आज देशभर २२ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

दैनिकी न्यूज

३१, श्रावण २०७८
आज देशभर २२ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार १०६ जनाको कोरोना परीक्षण हुँदा २२ सय १२ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको पीसीआर र ४ हजार १८ जनाको एन्टीजेन परीक्षण भएको छ । 

यस्तै १८ सय ६७ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।  अहिले सक्रिय संक्रमित ३९ हजार २९८ छन् जसमध्ये ७५८ जना आइसियु र १९३ जना भेन्टिलेटरमा छन् । 

अहिलेसम्म नेपालमा ७ लाख ३२ हजार २७२ पीसीआर र ७५ हजार १३० जनाको एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ । 

यसैगरी ६ लाख ८२ हजार ६८२ जना निको भएका छन् १० हजार २९२ जनाको मृत्यु भएको छ । 

यसैबीच आज थपिएकामध्ये काठमाडौं उपत्यकामा ७३९ जनालाई संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५२२, ललितपुरमा १५४ र भक्तपुरमा ६३ जनालाई पोजेटिभ देखियो । 

images
प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - २१:२६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology