Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३२ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३२ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, भाद्र २०७८
आज देशभर ३२ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १७ हजार ६८९ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण हुँदा ३२ सय ७४ जनालाई संक्रमण पुष्टि भएको छ । ११ हजार ५६५ पीसीआर र ६१ सय २४ एन्टीजेन गरि १७ हजार ६८९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी १९ सय २९ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । आज थपिएकामध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ गरि उपत्यकामा १०३३ जनालाई पोजेटिभ देखिएको छ ।

२४ घण्टामा देशभर १ लाख ४४ हजार ५२८ जनाले कोरोना विरुद्धको खोप पाएका छन् । अहिले सक्रिय संक्रमित ३९ हजार ८७१ रहेका छन् । ७९० जना आइसियु र १९१ जना भेन्टिलेटरमा उपचररत छन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७८ मंगलवार - १९:२७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology