Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर थप ३ हजार ४२ जनालाई कोरोना संक्रमण पुष्टि

आज देशभर थप ३ हजार ४२ जनालाई कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

४, भाद्र २०७८
आज देशभर थप ३ हजार ४२ जनालाई कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७ हजार ६५४ जनाको कोरोना परीक्षण भएकोमा ३ हजार ४२ जनालाई पोजेटिभ देखिएको हो ।

सोही अवधिमा २२ सय ४४ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ४० हजार ३०९ जना छन् । जसमध्ये ७१४ जना आइसियु र १७१ भेन्टिलेटरमा उपचाररत छन् ।

अहिलेसम्म नेपालमा ७ लाख ४४ हजार ३०७ पीसीआर र ७९ हजार ३४० एन्टीजेनमा गरि ८ लाख २३ हजार ६४७ जनामा संक्रमण पुष्टि भएको छ ।जसमध्ये ६ लाख ९३ हजार ५४३ जना निको भएका छन् भने १० हजार ४५५ जनाको मृत्यु भएको छ ।

यसैबीच आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८९८ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - १८:४३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology