काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर र एन्टिजेन गरी १३ हजार ७५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । शनिबार ७ हजार ७ सय ३ जनाको पिसिआर र ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
देशभर कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने २४ घण्टामा निको हुनेको संख्या २ हजार ३८२ रहेको छ । देशभर हालसम्म ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेका छन् ।