काठमाडौं आज काठमाडौं उपत्यकामा ६ सय ६७ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा १०३ संक्रमित थपिएका हुन्।
त्यसैगरी हाल काठमाडौं उपत्यकामा ११ हजार ४ सय ३६ सक्रिय संक्रमित छन्।
काठमाडौंमा ७६ सय ६३, भक्तपुरमा १४ सय ८१ र ललितपुरमा २२ सय ९२ सक्रिय संक्रमित छन्।