Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १९ सय २० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १९ सय २० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, भाद्र २०७८
आज देशभर १९ सय २० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आइतबार १९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो।

यस दिन ९ हजार ४४३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७०२ जनामा र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा पोजेटिभ देखिएको हो।

यस अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। त्यस्तै थप २४ जनाको कोरोना भाइरसबाट मृत्यु पुष्टि भएको छ।

यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ।

मन्त्रालयका अनुसार मुलुकभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित छन्। जसमध्ये हाल देशभर ६८१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। तीमध्ये पनि १६९ जना भेन्टिलेटरको सहायतामा छन्।

हालसम्म कुल संक्रमितमध्ये ९३।४१ प्रतिशत निको भएका छन्, ५।१८ प्रतिशत सक्रिय छन् भने १।४१ प्रतिशतको मृत्यु भएको छ।

आइतबार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ५६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा बसोबास गर्ने ३९५, भक्तपुरका ११० र ललितपुरका ६१ जनालाई संक्रमण पुष्टि भएको हो।

हाल काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ४२० सक्रिय संक्रमित छन्। त्यस्तै भक्तपुरमा १ हजार ४ सय र ललितपुरमा २ हजार २ सय १८ सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :भाद्र ६, २०७८ आइतवार - २१:१८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology