Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

आज देशभर १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

दैनिकी न्यूज

७, भाद्र २०७८
आज देशभर १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु
images

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८ सय १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७०४ जनाको पीसीआर परीक्षणमा १५ सय ४८ र २ हजार ६२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् । जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १७:३१:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology