काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ११ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन परीक्षण गरेर १५ हजार २९० जनाको कूल परीक्षण हुँदा २ हजार ४८२ संक्रमित पुष्टि भएका हुन् । त्यसैगरी कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ । १५२९०