Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१२, भाद्र २०७८
आज देशभर १८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८ सय ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १७६ जनाको कोरोना परीक्षण हुँदा १८५७ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२ सय २२ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

यसैगरी आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ५४९ जना छन् । काठमाडौंमा ३७०, भक्तपुरमा ६७ र ललितपुरमा ११२ जना छन् ।

नेपालमा हालसम्म ८ लाख ४० हजार ८०५ जनालाई संक्रमण पुष्टि भएको ५ जसमध्ये ७ लाख १० हजार ४५२ जना निको भएका छन् भने १० हजार ६९० जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३६ हजार ८६६ जना छन् ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - १७:५७:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology