काठमाडौं । अघिल्ला दिनको तुलनामा आज नयाँ कोरोना संक्रमितको संख्या घटेको तथ्यांकले देखाएको छ । पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको परीक्षण हुँदा १३ सय ८८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २२ सय ६० जना निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ । त्यस्तै यस अवधिमा थप २४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट १० हजार ७१४ जनाको मृत्यु भएको छ।
यस दिन २ हजार २६० जना कोरोनाबाट निको भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ३५ हजार ७९५ जना छन् ।
आज थपिएका मध्ये काठमाडौं उपत्यकाका ४७८ जना छन् । जसमा काठमाडौंमा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जनालाई संक्रमण पुष्टि भएको छ ।