Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१४, भाद्र २०७८
आज देशभर २२ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १६ हजार २३३ जनाको कोरोना परीक्षण हुँदा २२ सय ९५ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १८ सय ८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित ३५ हजार ८७४ जना छन् ।

नेपालमा ८ लाख ४४ हजार ४८८ जनालाई संक्रमण पुष्टि भएकोमा ७ लाख १४ हजार ५२० जना निको भएका छन् भने १० हजार ७३० जनाको मृत्यु भएको छ । यस्तै आज थपिएकामध्ये काठमाडौं उपत्यकामा ९०६ जना रहेका छन् । जसमध्ये काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जनालाई पोजेटिभ देखिएको छ ।

यसैबीच गएको ३ दिनमा करीब ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । भदौ १२, १३ र १४ गते ५ लाख ९७ हजार ५९८ जनाले खोप लगाएका छन् ।

images
प्रकाशित मिति :भाद्र १४, २०७८ सोमवार - २०:४४:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology