Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

आज देशभर १६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

दैनिकी न्यूज

१५, भाद्र २०७८
आज देशभर १६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १५ सय २३ पीसीआरबाट र १ सय ४१ जना एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९ हजार ११७ नमुनाको पीसीआर परीक्षण र ३ हजार १०५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार २२२ गरिएको छ ।

१७८६ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३५ हजार ५९१ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ६२ हजार ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८३ हजार ५०५ पुगेको छ ।

हालसम्म ७ लाख १६ हजार ३०६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७८ मंगलवार - १७:४५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology