Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

आज देशभर २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

दैनिकी न्यूज

१६, भाद्र २०७८
आज देशभर २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ३ हजार ३० जना निको भएका छन् भने २० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलका अनुसार १० हजार ६१२ जनाको पीसीआर विधीबाट र ४ हजार ३२३ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ९३५ जनाको नमुना परीक्षण भएको छ । जसमा २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकामध्ये काठमाडौंका ४७१, भक्तपुरका १४६ र ललितपुरका १०२ जना छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०४ पुगेको छ । जसमध्ये ७ लाख १९ हजार ३३६ जना निको भएका छन् भने १० हजार ७७० जनाको मृत्यु भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ जसमध्ये आइसियुमा ५६३ र भेन्टीलेटरमा १७० जना संक्रमित उपचाररत छन्

images
प्रकाशित मिति :भाद्र १६, २०७८ बुधवार - २०:००:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology