Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

आज देशभर २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

दैनिकी न्यूज

१७, भाद्र २०७८
आज देशभर २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर र ३९ सय ९२ जना एन्टीजेन गरि १४ हजार ६५० जनाको परीक्षण भएकोमा पीसीआरमा १६ सय १९ र एन्टीजेनमा ३८५ गरि २ हजार ४ जनालाई संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ हजार ४६ जना निको भएको छ भने १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ लाख ५० हजार २०८ जनालाई पोजेटिभ देखिएको छ । जसमध्ये ७ लाख २१ हजार १८२ जना निको भएका छन् भने १० हजार ७८६ जनाको मत्यु भएको छ । अहिले ३३ हजार ९४६ जना सक्रिय संक्रमित छन् ।

यसैबीच आज थपिएकामध्ये ७ सय ९३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ५ सय ४१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १०० जना संक्रमित थपिएका छन् ।

images
प्रकाशित मिति :भाद्र १७, २०७८ बिहिवार - १९:३२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology