Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

आज देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

दैनिकी न्यूज

२०, भाद्र २०७८
आज देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९ सय ७६ पीसीआर परीक्षणबाट र १ सय १३ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ५ हजार १७० नमुनाको पीसीआर परीक्षण र २ हजार ८०१ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ७ हजार ९७१ गरिएको छ ।

१५३४ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३१ हजार २४८ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ६९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८५ हजार ५० पुगेको छ ।

हालसम्म ७ लाख २२ हजार १८५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८३० पुगेको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - १८:०८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology