काठमाडौं । अघिल्ला दिनको तुलनामा आज फेरि कोरोना संक्रमणा बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १८ सय ९७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १४ सय ८८ पीसीआर परीक्षणबाट र ४सय ९ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ११ हजार ६०९ नमुनाको पीसीआर परीक्षण र ४३ सय ७० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १५ हजार ९७९ गरिएको छ ।
१७ सय ४३ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ३० हजार ९७३ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ७० हजार ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८५ हजार ४५९ पुगेको छ ।
हालसम्म ७ लाख २८ हजार ९२८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८८५ पुगेको छ ।